आइतबार जापानमा गयो ४.९ रेक्टरको भूकम्प

Posted on: 23 Jun, 2024

जेठ ९, एजेन्सी | जापानको फुकुशिमाको तटीय क्षेत्रमा आज (आइतबार) ४.९ रेक्टर स्केलको भूकम्प गएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार भूकम्पको केन्द्रबिन्दु फुकुशिमा प्रान्तको तटीय क्षेत्रमा ५० किलोमिटर गहिराइमा रहेको थियो ।

भूकम्पका कारण कुनै मानवीय क्षति वा भौतिक क्षतिको विवरण प्राप्त नभएको  जापानी समाचारले बताए  |

जापान १०० सक्रिय ज्वालामुखीहरूको घर पनि हो । सन् २०११ मा जापानमा ९.० म्याग्निच्यूडको भूकम्प गएको थियो र सुनामी आएको थियो । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो भने फुकुशिमा आणविक केन्द्रमा विपत्ति आएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!