रुकुममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु

Posted on: 27 Jun, 2024

असार १३,  काठमाडौँ । रुकुम पश्चिममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। 

रुकुममा मकै गोडिरहेको अवस्थामा करेन्ट लाग्दा एक मृत्युमृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नं ८ की झुपादेवी रोका रहेकी छिन्। सोही स्थानमा आफ्नो बारीमा मकै गोड्न गएका बेला विजुलीको पोलबाट लत्रिएको तारले उनलाईृ छोएको थियो। करेन्ट लागेर अचेत अवस्थामा उनी ढलेपछि अन्य सँगै मकै गोडिरहेका तीन जनाले उनलाई बचाउँन जाँदा करेन्ट लागेको हो। 

जिल्ला प्रहरी प्रमुख डीएसपी नवीन पोख्रेलका अनुसार करेन्ट लागेर घाइते हुनेमा ३२ वर्षीया जमुना बुढा वली, ६० वर्षीया चुकी वली र ६० वर्षीया सुशीला वली रहेका छन्।  

घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको पोख्रेलले बताए। 

  

यस बिषयमा तपाइको प्रतिक्रिया...!