काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 28 Jun, 2024

असार १४, काठमाडौं । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नागार्जुन नगरपालिका–६ खरिबोटका पूर्ण दर्नाल रहेका प्रहरीले जनाएको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटमा आज बिहान करिब साढे २ बजे बागमती प्रदेश ०२७ च ०४९१ नम्बरको कार छमछमे खोलाको कलभर्टबाट तल खसेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताए |

पूर्ण दर्नालको बिहान साढे ५ बजेमात्र घटनास्थलबाट उद्धार भएको थियो । उनलाई उपचारका लागि मनमोहन मेमोरियल अस्पताल लगिएकोमा बिहान पौने ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!