पाकिस्तानमा बम विष्फोट हुँदा कम्तिमा ५० जनाको मृत्यु

Posted on: 29 Sep, 2023

असोज १२, काठमाडौँ | पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिणपश्चिमी मास्तुङ जिल्लामा शुक्रबार बिहान भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ भने अन्य ५० जनाभन्दा बढी घाइते भएका प्रहरीले जनाएको छ।

इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै आत्मघाति बम विस्फोट गराइएको अधिकारीहरूले उल्लेख गरेका छन्। बलुचिस्तानका प्रान्तीय अधिकारीहरूले आतङ्वादीहरूले उक्त विष्फोट गराएका बताउँदै त्यसको निन्दा गरेका छन्। सो क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।


पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!