उड्नै लागेको विमानमा चरा ठोक्किएपछि...

Posted on: 13 Aug, 2023

एजेन्सी | बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ ।  तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । 

राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको ब्यांकक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई  वैकल्पिक व्यवस्था गरेर  ब्यांकक पठाइएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!