वाराणसीबाट तेस्रो पटक चुनाव लड्दै मोदी

Posted on: 14 May, 2024

जेठ १, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेश राज्यको वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।

भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, धेरै केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू मोदीको मनोनयनमा सामेल थिए ।

मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक भारतीय राष्ट्रिय कांग्रेसले अजय राईलाई सो स्थानबाट उम्मेदवार बनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!