यी हुन् विश्वमै सर्वाधिक सब्सक्राइबर भएका १५ युट्युब च्यानल

Posted on: 09 Aug, 2023

साउन २४, काठमाडौँ | लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबमा हरेक दिन अरबौं मिनेटका भिडियो हेरिन्छ र करोडौं मानिसहरुका लागि युट्युब आम्दानीको सबैभन्दा गतिलो माध्यम पनि बनिरहेको छ ।

कतिपय युट्युबर तथा उनीहरुको युट्युब च्यानलहरु विश्वचर्चित छन् जसमा करोडौं सब्सक्राइबर्स छन् ।

वर्ल्ड अफ स्टेटिस्टिक्सले विश्वमा सबैभन्दा धेरै सब्सक्राइबर्स भएका युट्युब च्यानलको सूची सार्वजनिक गरेको छ।

उक्त सूची अनुसार विश्वमा सर्वाधिक सब्सक्राइबर्स रहेको युट्युब च्यानल भारतको T-Series  हो । टि सिरिजको च्यानलमा २४ करोड ६० लाख सब्सक्राइबरहरु छन् ।

दोस्रो स्थानमा रहेको MrBeast युट्युब च्यानलमा १७ करोड १० लाख सब्सक्राइबर छन् ।

सर्वाधिक सब्सक्राइबर्स रहेका शीर्ष १५ युट्युब च्यानलको सूची यस्तो छ :

1. T-Series – २४ करोड ६० लाख

2. MrBeast – १७ करोड १० लाख

3. Cocomelon – Nursery Rhymes – १६ करोड ३० लाख

4. SET India – १६ करोड

5. Kids Diana Show – ११ करोड ३० लाख

6. PewDiePie – ११ करोड १० लाख

7. Like Nastya – १० करोड ६० लाख

8. Vlad and Niki – ९ करोड ९० लाख

9. Zee Music Company – ९ करोड ७० लाख

10. WWE – ९ करोड ६० लाख

11. Blank Pink – ९ करोड

12. Goldmines – ८ करोड ७० लाख

13. Sony SAB – ८ करोड ३० लाख

14. 5-Minute Crafts – ८ करोड

15. BTS – ७ करोड ५० लाख

यस बिषयमा तपाइको प्रतिक्रिया...!