इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ। 

बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो। 

अहिले मतगणना जारी छ। अहिले फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना भइरहेको छ।


मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।  

इलाम–२ मा कूल १ लाख १५ हजार ८८९ मतदाता छन्। त्यसमध्ये ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका छन्

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

१२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्।

एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बर खड्का, रास्वपाका मिलन लिम्बू र पहिचानवादी साझा स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!