पाकिस्तानबाट नेपाल हुँदै भारतमा पेस्तोल भित्रिरहेको भारतीय प्रहरीको दाबी

Posted on: 03 Aug, 2023

एजेन्सी | भारतको दिल्ली प्रहरी स्पेसल सेलले पाकिस्तानबाट नेपाल हुँदै भारतमा पेस्तोल भित्रिरहेको दाबी गरेको छ । जिगाना पेस्तोलको ‘फस्ट कपी’ नयाँ दिल्लीमा फेला परेसँगै प्रहरीले चलाएको अपरेसनपछि बुलन्द सहरमा रहेको ग्याङले यो हतियार पाकिस्तानबाट नेपालको बाटो हुँदै भारत भित्रिएको पत्ता लागेको हो ।


यही नेटवर्कलाई प्रयोग गरेर लरेन्स बिस्नोई सिन्डिकेटले हतियार प्राप्त गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाको रिपोर्टमा उल्लेख छ । सो हतियार पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्यामा प्रयोग भएको थियो । प्रहरीले टर्कीमा बनेको जिगानासहित अमेरिकन बरेटा र स्लोभाकियन पेस्तोलको कपी पनि फेला परेको छ ।

पक्राउ पर्नेमा दिल्लीका किंगपिन अदनान हुसैन अन्सारी,  बुलन्द सहरका मोहम्मद ओभेस रहेको स्पेसल कमिस्नर एचजीएस धालिवाल र अफरोज रहेका छन् । 

स्पेसल सेलका एडिसनल कमिस्नर प्रमोद सिंह कुशवाहका अनुसार अन्सारीले दुबईमा रहेका आफ्नो नातेदारलाई सम्पर्क गरेर हतियारको अर्डर दिएका थिए । ‘अर्डर पाएपछि पाकिस्तानमा रहेको सिन्डिकेटका समूहसँग उनले सम्पर्क गरेका थिए । त्यसपछि फलामको विशेष बाकसमा पेस्तोल राखेर एयर कार्गोको मद्दतबाट  त्यसलाई नेपाल पठाइएको थियो,’ कुशवाहले भने ।

सामान नेपाल पुगेपछि भन्सारका कर्मचारीहरूलाई पैसा खुवाएर हतियार त्यहाँबाट निकाल्थ्यो । प्राप्त हतियारलाई गाडीमा राखेर दिल्ली पुर्‍याइने उनले जानकारी दिए । यो वर्ष मात्र सो समूहले ४ पटक हतियारको खेप ल्याइसकेको प्रहरीको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!