दुबईमा आगलागीमा परेर ४ भारतीय, ३ पाकिस्तानी नागरिकसहित १६ जनाको मृत्यु

Posted on: 16 Apr, 2023

बैशाख ३, काठमाडौँ | दुबईको पाँचतले आवासीय भवनमा आगलागी हुँदा चार भारतीय नागरिकसहित १६ जनाको मृत्यु भएको छ ।

आगलागीमा केरलाका एक दम्पती र तमिलनाडुका दुई पुरुषसहित ४ जना भारतीयको पहिचान भएको छ । यसबाहेक ३ पाकिस्तानी युवा र एक नाइजेरियाली महिलाको पनि मृत्यु भएको छ ।

समाचार संस्था पीटीआईका अनुसार आगलागीमा परेर अन्य ९ व्यक्ति घाइते भएका छन् । शनिबार दुबईको अल–रासस्थित आवसीय भवनको चौथो तलामा आगलागी भएको थियो ।

यो आगलागी कसरी लाग्यो र यसले कति क्षति गर्‍यो भनेर हालसम्म खुल्न नसकेको दुबईको सिभिल डिफेन्सले जनाएको छ । 

बीबीसीका अनुसार दुबईको अल–रास क्षेत्रमा अधिकतम रूपमा विदेशी कामदारहरू बस्छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!