बलिउड नायिका ऐश्वर्या रायमाथि किन गरियो पाँच घण्टा सोधपुछ ?

Posted on: 21 Dec, 2021

पुस ६, काठमाडौँ | भारतको प्रवर्तन निर्देशनालयले बलिउड नायिका ऐश्वर्या राय बच्चनसँग सोधपुछ गरेको छ। निर्देशनालयका पदाधिकारीले उनीसँग पाँच घण्टाभन्दा बढी समय सोधपुछ गरेको थियो।

ऐश्वर्यासँग उनको तथा कथित कम्पनी र बैंक अकाउन्टका विषयमा सोधपुछ गरिएको थियो।भारतीय अखबार दैनिक भास्करले स्रोतलाई उद्वृत गर्दै भनेको छ– निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग ५० हजार डलरमा खरिद गरेको कम्पनी किन एक हजार ५०० डलरमा बेच्नु पर्यो ? र अमिताभ बच्चनको बुहारी बनेपछि कम्पनी बन्द किन पर्यो ? भन्ने प्रश्न गरेका थिए।

निर्देशनालयका पदाधिकारीले ऐश्वर्यासँग सोमबार दिल्लीको लोकनायक भवनमा सोधपुछ गरेका थिए। सोधपुछ सकिएपछि स्थानिय समयअनुसार साँझ साढे ७ बजे उनी भवनबाट बाहिर निस्केकी थिइन्।

सन् २०१६ मा पानामा ल फर्मको १.१५ करोड ट्याक्स सम्बन्धी दस्तावेज लीक भएका थिए। यसमा संसारका ठूला नेता, व्यापारी र सेलिब्रेटीको नाम जोडिएको थियो। भारतका मात्र ५ सयभन्दा बढीको नाम पानाका पेपरमा जोडिएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!