पाकिस्तानलाई हराए नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्ने

Posted on: 21 Jul, 2024

साउन ६,  काठमाडौँ । श्रीलंकाको दाम्बुलामा जारी एसिया कप महिला क्रिकेटमा भारत लगातार दोस्रो जितसहित सेमिफाइनल नजिक पुगेको छ ।  

भारतले पहिलो खेलमा पाकिस्तानलाई र दोस्रो खेलमा आइतबार यूएईलाई ७८ रनले पराजित गर्दै सेमिफाइनल नजिक पुगेको हो । 

पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २०१ रन बनायो । कप्तान हर्मनप्रित कौरले ४७ बलमा ६६ तथा रिचा घोषले २९ बलमा अविजित रहँदै ६४ रन बनाइन् । काभिशा एगोडेजले २ विकेट लिइन् । 

जवाफमा यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन बनायो । अलराउन्डर काभिशाले ३२ बलमा अविजित रहँदै ४० रन जोडिन् । दिप्ती शर्माले २ विकेट लिइन् । 

लगातार दुई हारसहित यूएई सेमिफाइनलको होडबाट बाहिरिएको छ । 

आजको दोस्रो खेलमा नेपालले पाकिस्तानसँग खेल्दैछ । खेल बेलुकी ७ः१५ बजेदेखि शुरु हुनेछ । 


नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएर शानदार शुरुआत गरेको छ । आज पाकिस्तानलाई हराएमा नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ ।

नेपाल विजयी भए भारत पनि एक खेलअघि नै सेमिफाइनलमा पुग्नेछ । 

समूह चरणको अन्तिम खेलमा नेपाल र भारत खेल्दैछन् । त्यस्तै पाकिस्तानले यूएईसँग खेल्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!