भोलिदेखि नेपाल र रसियन टिमबीच मैत्रीपूर्ण भलिबल खेल सुरु हुदै

Posted on: 20 Jul, 2024

असार ५, काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोली र रसियन टोलीबीच हुने मैत्रीपूर्ण खेल भोलिदेखि सुरु हुने  छ ।

आज (शनिबार) नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुने जानकारी दिए । नेपालले काभा महिला नेसन्स लिगको तयारीका लागि रसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपालस्थित रसियाको दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल आयोजना हुन लागेको हो । नेपालले मैत्रीपूर्ण खेल र प्रतियोगिताका लागि १४ सदस्यीय टोली घोषणा गरिसकेको छ ।

नेपालको टोलीमा अरुणा शाही, सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट, उषा भण्डारी, शान्तिकला तामाङ, कविता भट्ट, प्रगति नाथ, सुमित्रा रेग्मी र आरती सुवेदी रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!