यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेपाल

Posted on: 19 Jul, 2024

साउन ४, काठमाडौँ । नेपालले एसीसी वुमन्स एसिया कप टी-२० प्रतियोगिता पहिलो खेलमा यूएईविरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ । श्रीलंकाको डाम्बुलामा भएको टसमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ रोजेकी छिन् ।

नेपालले तेस्रो पटक वुमन्स एसिया कप खेल्दैछ । यसअघि सन् २०१२ मा तीन र २०१६ मा पाँच खेल खेल्दा नेपाल जित विहीन बनेको थियो । नेपाल एसिया कप इतिहासमै पहिलो जित यूएईमाथि निकाल्न चाहन्छ ।


समूह ए मा नेपाल, भारत, पाकिस्तान र यूएई छन् । समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाईल्यान्ड छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । नेपाल र यूएईबीच कुल ४ टी-२० आई खेल भएका छन् । नेपाल २ खेलमा विजयी हुँदा १ खेलमा पराजित भएको छ । एक खेल वर्षाको कारण नतिजा विहीन बनेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!