रियल मड्रिड पुगे एम्बाप्पे, औपचारिक रूपमा सार्वजनिक

Posted on: 16 Jul, 2024

साउन १, काठमाडौँ । पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्दै फ्रान्सेली फरवार्ड केलियन एम्बाप्पे रियल मड्रिड पुगेका छन्।

रियलले मंगलबार एक विशेष कार्यक्रमको योजना गर्दै एम्बाप्पेलाई सार्वजनिक गरेको हो। 


रियलले उनलाई सार्वजनिक गर्नुअघि उनको मेडिकल गरिएको थियो। २५ वर्षिय एमबाप्पेले रियलमा आवद्ध हुनु आफ्नो सपना रहेको बताएका छन्। उनले रियलमा ५ वर्षका लागि सम्झौता गरेका छन्। उनी फ्रि ट्रान्सफरमा रियल पुगेका हुन्।

सम्झौतामा एमबाप्पे र रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सम्झौता गरिसकेका छन्। 

करिब ८५ हजार दर्शक क्षमताको रगंशालामा उनलाई समर्थककाबीच भव्य कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो। एम्बाप्पेको स्वागतका लागि रगंशालाको सबै टिकट बिक्री भएका थिए। 

रियलले गत महिना एम्बाप्पे आउने घोषणा गरेको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!