दक्षिण अफ्रिका टी- २० विश्वकपको सेमिफाइनलमा, वेस्ट इन्डिज बाहिरियो

Posted on: 24 Jun, 2024

असार १०, काठमाडौँ | दक्षिण अफ्रीका वेस्ट इन्डिजलाई हराउदै जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार बिहान सम्पन्न सुपर आठको अन्तिम खेलमा दक्षिण अफ्रीकाले वेस्ट इन्डिजलाई डिएलएस मेथड अनुसार ३ विकेटले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले १३६ रनको लक्ष्य दिएको भएपनि डिएलएस मेथड अनुसार दक्षिण अफ्रिकाले १७ ओभरमा १२३ रनको लक्ष्य पाएको थियो । सो लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो ।

यो हारसँगै वेस्ट इन्डिज भने विश्वकपबाट बाहिरिएको छ । सुपर आठको समुह २ बाट दक्षिण अफ्रीका पहिलो र ईङल्याण्ड दोस्रो हुदै सेमिफाइनलमा पुगेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!