टी–२० खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १८१ रनको लक्ष्य

Posted on: 20 Jun, 2024

असार ६, काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत आज भएको खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ । सुपर–८ को आफ्नो पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १८० रन बनाएको हो ।

वेस्ट इन्डिजका लागि सर्वाधिक रन जोनसन चाल्सले ३८ रन बनाए । यस्तै, किकोलस पुरनले ३६ रन बनाए भने १७ बलको सामना गरेका रोभम्यान पावेलले समान ३६ रन बनाए | जोडेकाब्रेन्डन किङ रिटायर्डले  २३ रन,  शेरफेन रदरफोर्ड २८ र रोमारियो शेफर्डले अविजित ५ रन बनाए ।

इंग्ल्यान्डका बलर अदिल राशिद,जोफ्रा आर्चर, लियाम लिभिङस्टोन र मोइन अलीले समान  १-१ विकेट लिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!