टी-२० विश्वकपमा वेस्ट इन्डिजले युगान्डालाई दियो १७४ रन लक्ष्य

Posted on: 09 Jun, 2024

जेठ २७, काठमाडौँ  | आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘सी’ अन्तर्गत आइतबार बिहान जारी खेलमा वेस्ट इन्डिजले युगान्डालाई १७४ रनको लक्ष्य दिएको छ।

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओवरमा ४ विकेट गुमाउदै १७३ रन बनाएको हो।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए। उनले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाएका हुन् । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए।

कप्तान रोभम्यान पावेलले २३ रन, निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले २ विकेट लिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान १-१  विकेट लिएका हुन् | अब युगान्डाले जवाफी ब्याटिङ गर्दैछ।

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!