आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सलाई, लक्ष्य १०.३ ओभरमै तोडियो !

Posted on: 26 May, 2024

जेठ १३, काठमाडौँ । आइपिएल २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले हात पारेको छ । आइतबार भएको फाइनल खेलमा सनराइजर्स हैदरावादले दिएको ११४ रनको झिनो लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमै २ विकेटको क्षेतिमा उक्त लक्ष्य पुरा गर्दै आईपिएल २०२४ को उपाधि हात पारेको हो । उसले १० बर्षपछि तेश्रो पटक आइपिएल उपाधि उचाल्न सफल भएको हो ।

कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । 

कोलकाताले फाइनल खेल ८ विकेटले जित्ने क्रममा कोलकाताका जितको लागि वेन्कटेश अय्यरले २६ बलमा नटआउट ५२ रनको पारी खेले । त्यस्तै अर्का ब्याट्सम्यान रहमानुल्लाह गुरबाजले ३२ बलमा ३९ रन बनाए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।


यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन मात्र बनाए । त्यस्तै नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

हैदरावादले आइपीएल फाइनल खेल इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत गरेपछि कोलकाताले सहज जित निकाल्न सफल बन्यो । आइपिएलको जारी सिजनमा ६ खेलमा २०० भन्दा बढी रनको स्कोर पार गरेको हैदराबाद फाइनल खेलमा सबैभन्दा कम रन बनाउने टिम समेत बनेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!