आईपीएल फाइनल: हैदरावादद्वारा इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत

Posted on: 26 May, 2024

जेठ १३, काठमाडौँ । कोलकाता नाइट राइडर्स बिरुद्ध आइपिएलको फाइनल खेलेको सनराइजर्स हैदरावादले आइपीएल फाइनल खेलको इतिहासमै सबैभन्दा कम रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा पहिले टस जितेको हैदरावादले कोलकाता सामु ११३ रन मात्र बनाउन सक्यो । आइपिएलको जारी सिजनमा ६ खेलमा २०० भन्दा बढी रनको स्कोर पार गरेको हैदराबाद फाइनल खेलमा सबैभन्दा कम रन बनाउने टिम बनेको छ ।


यसअघि आइपिएल इतिहासमा २०१७ को सीजनमा मुंबईले राइजिंग पुणे सुपर जायन्ट्सबिरुद्ध पहिलो पारीमा १२९ रनको कम स्कोर बनाएको थियो । आइतबारको खेलमा त्यो भन्दा कम स्कोरको लक्ष्य प्रस्तुत भएको छ । 
चेन्नईको चेपक स्टेडियममा जारी खेलमा अहिले कोलकाता ब्याटिङ गर्ने क्रममा छ । खेलमा हैदरावादको लागि कप्तान प्याट्स कमिंसले सर्वाधिक २४ रन जोडे । त्यस्तै अर्का ब्याट्सम्यान एडन मार्करमले २० रन मात्र बनाउन सके । त्यस्तै हेनरिक क्लासेनले १६ रन बनाएर आउट बने । नीतीश कुमार रेड्डीले १३ रन मात्र बनाए । बाँकी अन्य ब्याट्सम्यानले १० रन भन्दा बढी बनाउन सकेनन् । 
खेलमा ओपनर ब्याट्सम्यान ट्रैविस हेड पहिलो बलमै आउट हुँदा अर्का ओपनर ब्याट्सम्यान अभिषेक शर्माले ५ बलमा २ रन मात्र बनाएर आउट भएका थिए । 
 

यस बिषयमा तपाइको प्रतिक्रिया...!