मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

Posted on: 12 Apr, 2024

चैत ३०, काठमाडौँ । मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो ।


मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!