पन्जाबी गायक सिद्धु मूसेवालाको हत्याका मास्टर माइन्ड अमेरिकामा मारिए

Posted on: 01 May, 2024

वैशाख १९,  नयाँ दिल्ली । पन्जाबी गायक सिद्धु मूसेवाला हत्या प्रकरणको मुख्य अभियुक्त गोल्डी बरारको हत्या भएको छ । उनको अमेरिकामा गोली हानी हत्या भएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समाचार छापेका छन् । गोल्डी हत्याको जिम्मा डल्ला–लखवीर गिरोहले लिएको छ ।


पन्जाब पुलिसमा थिए बरारका पिता

गोल्डी बरारको वास्तविक नाम सतिन्दरजीत सिंह हो । उनी १९९४ मा पन्जाबको मुक्तसर साहिब जिल्लामा जन्मिएका थिए । गोल्डीका पिता पन्जाब पुलिसका रिटायर्ड सब इन्स्पेक्टर हुन् । पन्जाबी गायक सिद्धु मूसेवालाको हत्यापछि मिडियामा उनको नाम चर्चामा थियो । तर यसअघि पनि उनको नाम हत्या र अपराधमा मुछिएको थियो ।

मूसेवालाको २०२२ मा भएको थियो हत्या

२०२२ को मे २९ मा पन्जाबको मानसा जिल्लाको जवाहरके गाउँ नजिकै सिद्धु मूसेवालाको गोली हानी हत्या गरिएको थियो । यो हत्याको जिम्मेवारी गोल्डी बरारले लिएका थिए । मोहालीको मिड्डुखेडा हत्यामा संलग्नलाई मूसेवालाका म्यानेजरले आश्रय दिएको र मूसेवालाले आफ्नो म्यानेजरलाई सहयोग गरेको भन्दै उनको हत्या गरिएको गोल्डीले बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!