नेपालको पाँचौ विकेट पतन, ८२ रन बनाएर रोहित पौडेल आउट

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले पाँचौ विकेट गुमाएको छ ।  पाँचौ विकेटको रुपमा नेपालका कप्तान रोहित पौडेल वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो शतकीय इनिङ्स खेल्न चुकेका छन्। त्रिवी क्रिकेट मैदानमा बिहीबार दुई सय १० रन लक्ष्य पछ्याइरहेको नेपालका कप्तान रोहित ८२ रनमा क्याच आउट भए।

रोहित हेडन वाल्सको ओभरमा फोडेबाट सहज क्याच आउट भए । उनले ४७ बलमा सात चौका र पाँच छक्का प्रहार गरेका थिए।


चौथो खेलमा नेपालले कमजोर सुरुवात गरे पनि रोहितको धर्यतापूर्वक इनिङ्सले संहालिएको थियो। ओपनर आसिफ सेख सुन्य रन, कुशल भुर्तेल एक रन, कुशल मल्ल चार रन तथा सन्दीप जोराले १९ रन बनाएका थिए।

क्रिजमा दीपेन्द्रसिंह ऐरीले १२ रन तथा गुल्सन झाले चार रन जोडेका छन्। रोहित र दीपेन्द्रसिंहबीच पाँचौँ विकेटका लागि ५० रनको साझेदारी भएको थियो।

नेपालले १४ ओभरको खेल समाप्तिसम्म पाँच विकेटको क्षतिमा एक सय २८ रन बनाएको छ । नेपाललाई जितका लागि ३६ बलमा ८२ रन आवश्यक छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!