टी-२० सिरिजमा नेपालले आज भारतको गुजरातसँग खेल्दै

Posted on: 31 Mar, 2024

चैत १८, काठमाडौं | त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत नेपालले आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २:४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ ।

नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो ।

नेपालको टोली: रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी, अभिनाश बोहरा र आकाश चन्द ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!