आयरल्याण्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य

Posted on: 30 Mar, 2024

चैत १७, काठमाडौँ | आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’लाई जितका लागि २ सय २५ रनको लक्ष्य दिएको  छ । त्रिवि क्रिकेट मैदानमा दोस्रो टी–२० खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको हो ।

आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।

कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए ।

नेपालका लागि बलर सागर ढकालले ३ विकेट लिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।  लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!