सागर ढकालले लिए आयरल्यान्ड ‘वोल्भ्स’ को दोस्रो विकेट

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ | कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘वोल्भ्स’ को दोस्रो विकेट लिएको छ । आयरल्यान्डको दोस्रो विकेट सागर ढकालले लिएका हुन् । उनले आयरल्यान्ड ‘वोल्भ्स’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्मिकललाई एलबीडब्लूको धरापमा पारेका थिए । 


पेभेलियन फर्किनुअघि केड कार्मिकलले २९ बलमा एक छक्का र चार चौकाको मद्दतले ३८ रन बनाएका थिए । १०औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्डले ९० रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘वोल्भ्स’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!