नेपालले दियो पीएनजीलाई १९९ रनको लक्ष्य

Posted on: 12 Mar, 2024

फागुन २९, काठमाडौँ | त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्न हङकङ भ्रमणमा रहेको नेपाली टोलीले मंगलबार आफ्नो दोस्रो खेलमा पपुवा न्यु गिनी (पीएनजी) लाई जितका लागि एक सय ९९ रनको लक्ष्य दिएको छ ।

मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको हो | नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र ब्याट्सम्यान सन्दीप जोराले अर्धशतकीय पाली खेले ।

भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाए । जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भए ।

लोकेश बम  १४ रनमा रन आउट भए । विवेक यादव १९ रनमा नट आउट रहे । गुलशन झा १५ रनमा नट आउट रहे ।

पपुवा न्युगिनीका असाद भालाले २ विकेट लिए । नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिए । फाइनलमा पुग्न नेपालले यो खेल जित्नुपर्ने हुन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!