लिजेन्ड्स १९९६ लाई हराउँदै टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनलमा

Posted on: 11 Mar, 2024

फागुन २८, काठमाडौँ | लिजेन्ड्स १९९६ लाई हराउँदै सन् २०१४ को टी-२० विश्वकप टोली लिजेन्ड कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

लिजेन्ड्स १९९६ ले दिएको ६८ रनको लक्ष्य पछ्याएको टी-२० विश्वकप टोलीले ९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्दै फाइनल यात्रा तय गरेको हो ।


विरेन्द्र शाहले सर्वाधिक ३५ रन जोडे। कप्तान पारस खड्का ६, ममता थापा ०, दीपेन लम्गेड ९, प्रफुल्ल वैद्य र स्यामसुङ जुङ थापा शून्य रनमा आउट भए । शक्ति गौचन ६ र शरद भेषावकर ६ रनमा अविजित रहे ।

बलिङमा लिजेन्ड्स १९९६ का बसन्त शाही ठकुरीले ३ र कप्तान लेखबहादुर क्षेत्री र किरण रानाले एक विकेट लिए ।

यसअघि रुपन्देहीको तिलोत्तमामा निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको पहिला ब्याटिङ गरेको लिजेन्ड्स १९९६ ले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६७ रन बनाएको थियो ।

लिजेन्ड्स १९९६ का लागि राजु खड्काले सर्वाधिक २७ रन जोडेका थिए । मनिषराज पाण्डे ११, जगत टमाटा ९, कप्तान लेखबहादुर क्षेत्री ४, पुकार पन्त २, निरा रजोपध्याय १, सन्जय गुरुङ ३, पवन अग्रवाल र मुश्राफ शुन्य रनमा आउट भए ।

बलिङमा टी-२० विश्वकप खेलेको टोलीका शक्ति गौचन र स्यामसुङ जुङ थापाले २-२, बद्री पङ्गेनी, दीपेन लम्गेड र ममता क्षेत्रीले १-१ विकेट लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!