वर्षाले नेपाल–हङकङबीचकाे खेल प्रभावित

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | वर्षाले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको दोस्रो खेल प्रभावित भएको छ। घरेलु टोली हङकङले आठ ओभरमा दुई विकेट गुमाउँदै ६५ रन बनाएकाे अवस्थामा वर्षाले खेल प्रभावित भएको हो। 

करन केसीले पहिलाे ओभरमा नेपाललाई पहिलाे विकेट दिलाएका थिए। यस्तै ७.२ ओभरमा नेपालका गुल्सन झाले दाेस्राे सफलता दिलाएका थिए। 


हङकङको मिसन रोड क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो। मैत्रीपूर्ण खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका थिए ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए ।  गुल्शन झाले निजाकान्त खानलाई व्यक्तिगत २५ रनमा बोल्ड गरेका थियो ।

यसअघि फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले अब मंगलबार पपुवा न्युगिनीसँग खेल्ने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!