त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले आज पहिलो खेल हङकङसँग खेल्दै

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा आज घरेलु टोली हङकङसँग खेल्दैछ । हङकङस्थित तीन क्वाङ रोड रिक्रियसन मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल, हङकङ र पपुवा न्युगिनी सहभागी सिरिज आजबाट सुरु हुन लागेको हो ।  त्रिकोणात्मक सिरिजमा नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ ।

फ्रेन्डसिप कपको एकमात्रै खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । हङकङले प्रस्तुत गरेको २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र १६.४ ओभरमा १ सय ३९ रनमा समेटिएको हो । 

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अविनाश बोहोरा ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!