हङकङले दियो नेपाललाई २१३ रनको विशाल लक्ष्य

Posted on: 09 Mar, 2024

फागुन २६, काठमाडौँ | टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले नेपालसामु २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको हो ।

हङकङका लागि बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यसक्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।  एइजाज खानले नटआउट रहँदै ११ बलमा २१ रन बनाए ।

यसअघि हङकङका अंशुमन रथले ३९, मार्टिन कोट्जीले ३१ रन,  ऐजज खानले २१ रन बनाए । कप्तान निजाकत खान, जेम्स जोन एटकिन्सन र यासिम मुर्तजा भने शूल्य रनमै आउट भए ।

नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ शेख, प्रतिश जिसी र रासिद खानले १–१ विकेट लिए । त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!