अल रइदसँग अल नासर ३-१ गोलले पराजित

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ । गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो ।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए ।

यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार बेहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!