भारतसँग १० गोलले ले पराजित भएसँगै नेपालको यात्रा समाप्त

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | यू–१६ महिला साफ फुटबलमा नेपालको यात्रा समाप्त भएको छ।

घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग फराकिलो हार व्यहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेम्समा बिहीबार भएको खेलमा नेपाल भारतसँग १०-० ले पराजित भएको हो । पहिलो हाफमा ६ गोल गरेको भारतले दोस्रो हाफमा ४ गोल थप्यो ।


नेपाललाई हराएर दोस्रो जित हात पारेको भारतले फाइनलमा स्थान बनाएको छ र बंगलादेशसँग उपाधि भिडन्त पक्का गरेको छ । फाइनल आइतबार हुने छ ।

चार टोली सहभागी च्याम्पियनसिपमा नेपाल ३ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमै बंगलादेशसँग पराजित भएको नेपालले त्यसपछि भुटानलाई हराएको थियो ।

३ खेल नै खेलिसकेको भारतले ६ अंक जोडेको छ । नेपाल र भारतको लागि आजको खेल अघोषित सेमिफाइनल जस्तै थियो । जित्ने टोली फाइनल पुग्ने अवस्था रहेकोले नेपाललाई जितको विकल्प थिएन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!