साफ यू-१६ महिला फुटबल: पहिलो हाफमा नेपाल ६–० गोलअन्तरले पछाडि

Posted on: 07 Mar, 2024

फागुन २४, काठमाडौँ | यू–१६ महिला साफ च्याम्पियनसिपमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलको पहिलो हाफमा नेपाल ६–० गोलअन्तरले पछाडि परेको हो। यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । 

जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा रहेको छ। त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ। त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ।

नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार बेहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो।

प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शिर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!