स्वारेज र मेस्सीको गोलमा इन्टर मियामीको फराकिलो जित

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए ।

नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!