वेस्ट इन्डिज ए विरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने

Posted on: 27 Apr, 2024

बैशाख १५, काठमाडौँ | नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज हुदै छ ।

टियु क्रिकेट मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङगर्ने निर्णय गरेका छन् । योसंगै वेस्ट इन्डिज ए ले पहिला ब्याटिंग गर्ने भएको छ । 

आजको नेपालको प्लेइङ-११ मा अनिल कुमार शाह, विवेक यादव, प्रतिस जिसी र कमलसिंह ऐरीलाई समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र कमलसिंह ऐरी । 

वेस्ट इन्डिज ए को प्लेइङ ११: वेस्ट इन्डिज ए : रोस्टन चेज (कप्तान), जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए र ओशेन थोमस ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!