नेदरल्यान्ड्सविरुद्ध नेपालको शानदार बलिङ, जीतका लागि १२१ रनको लक्ष्य

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौं | त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्सले नेपालसामु जीतका लागि १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको हो । 

नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रनको योगदान दिए । उनले २४ बलमा ४ चौका र १ छक्का हिर्काए । त्यस्तै, टिम भान डर गगटेनले २४ रन, कप्तान स्कट एडवर्डस्ले १८ रन बनाए ।

नेपालका लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिए । उनले सातौं, चौथो र तेस्रो विकेटको रुपमा कप्तान स्कट एडवार्ड्स, म्याक्स ओडाउड र तेजा निडामानिरुलाई आउट गरेका हुन् | 

त्यस्तै, कुशल मल्ले २ विकेट लिए । उनले नेदरल्याण्ड्सका आर्यन दत्त र नोआह क्रसको विकेट लिए | यसअघि ३ ओभर बलिङ गरेका करन केसीले १८ रन खर्चेर २ विकेट लिएका थिए । दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए |


यस बिषयमा तपाइको प्रतिक्रिया...!