रोमाञ्चक खेलमा नामिबियासँग नेपाल २० रनले पराजित

Posted on: 27 Feb, 2024

फागुन १५, काठमाडौँ | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा २ सय ७ रनको लक्ष्य पाएको नेपाल १८.५ ओभरमा एक सय ८६ रनमा अलआउट भए ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ४८, रोहित पौडेलले ४२, कुशल मल्लले ३२ र सोमपाल कामीले २६ रन बनाए ।

नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ तथा बर्नार्ड स्कोल्ट्ज, जान फ्राइलिङ्क र जान निकोल लफ्टी इटनले २र२ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!