२६ ओभरमा २ विकेट गुमाएर नेदरल्यान्ड्सले जोड्यो एक सय ११५ रन

Posted on: 25 Feb, 2024

फागुन १३, काठमाडौँ | आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेपालविरुद्ध एक सय ७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले एक सय रन पूरा गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेदरल्यान्ड्सले २६ ओभरमा २ विकेट गुमाएर एक सय ११५ रन जोडेको छ।

पहिलो विकेटका लागि ६१ रनको साझेदारी गर्दै नेदरल्यान्ड्सले शानदार सुरुवात गरेको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक एक विकेट लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!