लिग-२ मा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै

Posted on: 23 Feb, 2024

फागुन ११, काठमाडौं | आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्याण्ड बीच खेल हुदैँछ ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थितमैदानमा हुने यो खेल बिहान ९ः३० बजेदेखि शुरु हुदैँछ ।
लिग-२ को जारी सिरिजमा नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ । नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो ।

त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो । नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एक दिवसीय खेल भएका छन् । जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ ।
लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     
आइसीसीका अनुसार लिग-२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!