क्यानडाविरुद्ध नेपाललाई पाँचौँ सफलता

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी तेस्रो तथा अन्तिम खेलमा नेपालले क्यानडाको पाँचौँ विकेट लिएको छ । नेपाली बलर कुशल मल्लले क्यानडाको पाँचौँ विकेट लिएका हुन् । उनले क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेरलाई २९ रनको ब्यक्तिगत स्कोरमा आउट गरे ।


कुशल मल्लले हर्षलाई एलबीडब्लूको धरापमा पारेका हुन् । जारी खेलमा कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । पेभेलियन फर्किनुअघि हर्षले ५७ बलको सामना गरी दुई चौका हिर्काएका थिए । ३६‍.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले एक सय ३२ रन बनाएको छ । 

शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!