क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, अनिल अर्धशतक बनाउँदै भए आउट

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौँ | दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज क्यानडाले दिएको दुई सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाह अर्धशतक बनाउँदै आउट भएका हुन् । 

उनको विकेट पनि ईश्वरजोत सोहीले लिए । अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । यसअघि ईश्वरजोत सोहीकै बलमा ओपनर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए |

६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!