यू-१९ विश्वकप: नेपाललाई भारतले दियो विशाल लक्ष्य, २ खेलाडीले प्रहार गरे शतक

Posted on: 02 Feb, 2024

माघ १९, काठमाडौँ | आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको खेलमा नेपालसामु भारतले २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो ।

भारतका लागि कप्तान उदय शहरान र सचिन दासले शतक प्रहार गरे । सचिनले ११६ रन र कप्तान शहरानले १०० रनको योगदान दिए । ६२ रनमा ३ विकेट गुमाएको भारतका लागि दास र कप्तान उदयले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

भारतका प्रियांशु मोलिया १९, अर्शिन कुलकर्णी १८ र आदर्श सिंह २१ रनमा आउट भए ।

बलिङमा नेपालका गुल्शन झाले ३ र आकाश चन्द १ विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!