प्रधानमन्त्री कप क्रिकेटमा मधेस प्रदेशले सजिलै हरायो कोशी प्रदेशलाई

Posted on: 13 Jan, 2024

पुस २८, काठमाडौँ | आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । 

शनिबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १२८ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २०.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । मधेशको जितमा अनिल शाहले सर्वाधिक ५४ बलमा ८८ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

कोशीका लागि बलर सोनु मण्डलले २ तथा सुजन थपलियाले १ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४१ ओभरमा अल आउट हुँदै १२७ रन मात्र बनाएको थियो ।

कोशीका लागि फिरदोश अनसारीले ७१ बलमा ४१ रन बनाए भने कप्तान अंकित सुवेदीले ५० बलमा ४० रनको योगदान दिएका थिए । 

मधेसका लागि बलर प्रदीप पासवानले ३ तथा राजेश यादव, रञ्जित कुमार र पवन शर्राफले २–२ विकेट लिए । विशाल पटेलले एक विकेट लिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!