यू-१९ विश्वकप अघि आज नेपाल स्कटल्याण्डविरुद्ध खेल खेल्दै

Posted on: 13 Jan, 2024

पुस २८, काठमाडौं | नेपालको यू-१९ विश्वकप क्रिकेट टिम दक्षिण अफ्रिकामा विश्वकप अगाडिको अभ्यासमा व्यस्त छ। नेपालको यू-१९ टिमले आजदेखि औपचारिक ‘वाम अप’ म्याच खेल्दैछ।

विश्वकप तयारी र अभ्यास खेलका लागि केही समय अगाडि नै नेपाली टिम दक्षिण अफ्रिका पुगेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले व्यवस्थापनमा हुन लागेको वाम अप प्रतिस्पर्धामा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ। खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ। 

नेपालले यसअघि दक्षिण अफ्रिकामा दुई वटा अनौपचारिक अभ्यास खेल खेलिसकेको छ। जसमा नेपालले दुई जित निकालेको हो। स्कटल्याण्डमाथि एक सय ३५ रनको सहज जित निकालेको नेपालले नामिबियाविरुद्ध ६ रनको रोमाञ्चक जित हात पारेको थियो।

नेपाल यू-१९ विश्वकपको समूह ‘डी’ मा छ। नेपालको समूहमा न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!