नामिबिया विरुद्ध नेपालको ६ रनको सानदार जित

Posted on: 12 Jan, 2024

पुस २७, काठमाडौं | आईसीसी यू-१९ विश्वकप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोलीले दोस्रो अभ्यास खेलमा बिहीबार राति नामिबियामाथि ६ रनको सानदार जित निकालेको छ । वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको नामिबया २९.५ ओभरमा १३५ रनमै अलआउट भयो । नामिबियाका लागि कप्तान ए बसिङ-वोल्स्चेंकले सर्वाधिक ५० रन बनाए थिए |

नेपालका लागि बलर गुलशन झा र  आकाश चन्दले ३-३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ निम्तो पाएको नेपालले ३० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो ।

नेपालका लागि दिपक डुम्रे ३२ तथा आकाश त्रिपाठीले २१ रन बनाए । नामिबियाका लागि बलर जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान २-२ विकेट लिए ।

यू१९ विश्वकपअघि नेपाल क्रिकेट संघ क्यानले व्यवस्था गरेको दुई अभ्यास खेलमा नेपालले दुवै खेल जित्यो । यसअघि नेपालले स्कटल्याण्डलाई हराएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!