केपी ओली कप क्रिकेट– मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’बिरुद्द बागमतीको १८४ रनको बलियो स्कोर

Posted on: 23 Nov, 2023

मङ्सिर ७, पोखरा | पोखरामा आज सुरु भएको केपी ओली कप क्रिकेटमा पहिलो खेल मदन भण्डारी स्पोट्र्स एकेडेमी ‘रातो’ र बागमती प्रदेशबीच जारी छ ।

टस हारेर पहिले ब्याटिङमा निम्त्याइएको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रनको बलियो स्कोर खडा गर्यो ।

बाग्मतीका लागि ओपनर रित गौतमले ५३ बलमा सर्वाधिक ७४ रन बनाए । उनी रनआउट भएका थिए । शुभ कंसाकारले २७ रन बनाएर आउट भए ।

१३.३ बलमा सातौं नम्बरमा क्रिजमा आएका कप्तान सन्दीप लामिछानेले १८ रन बनाए । उनले लगातार ३ बलमा छक्का प्रहार गरेपछि चौंथो बलमा आउट भएका थिए । विपर्शन केसीले उनको विकेट लिए । केसीले सन्दीपसहित सर्वाधिक ३ विकेट लिएका छन् भने ३९ रन खर्चेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!