नेपाल सहभागी हुने यू-१९ क्रिकेट विश्वकप श्रीलंकाबाट सर्‍यो, अब दक्षिण अफ्रिकामा

Posted on: 21 Nov, 2023

मङ्सिर ५, काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ। 

आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो।

दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।


यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह 'डी' मा छ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।

यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो।

क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशन रणसिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो। मन्त्रीले क्रिकेट बोर्डमा भ्रष्टाचार र अव्यवस्थाको आरोप लगाउँदै आएका छन्। जसका कारण मन्त्रालयले क्रिकेट श्रीलंकालाई बर्खास्त गरेको थियो।


यस बिषयमा तपाइको प्रतिक्रिया...!