एकै ओभरमा सागर ढकालले लिए दुई विकेट

Posted on: 28 Apr, 2024

बैशाख १६, काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध नेपालले उत्कृष्ट शुरुवात गरेको छ ।

स्पिनर सागर ढकालले खेलको तेस्रो ओभरमा २ विकेट लिएपछि नेपालले उत्कृष्ट शुरुवात गरेको हो ।


सागरले आफ्नो पहिलो ओभरमा वेस्ट इन्डिज ए का एलिक एथान्जे र जोन्सन चार्लेजलाई आउट गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए ले ३ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएको छ ।

   

यस बिषयमा तपाइको प्रतिक्रिया...!