मंगलबारको खेलका ‘म्यान अफ द म्याच’ मल्ल भन्छन्– विश्वकप खेल्न पाउनु हाम्रा लागि ठूलो अवसर हो

Posted on: 31 Oct, 2023

कार्तिक १४, काठमाडौँ | नेपाली क्रिकेट टिमका भरपर्दा ब्याटर कुशल मल्लले नेपालले विश्वकप खेल्ने सपना राखेको भन्दै यो ठूलो अवसर भएको बताए।

नेपाल र मलेसियाको खेलमा ‘म्यान अफ द म्याच’ भएका मल्लले नेपालको घरेलु मैदानमा खेल्न पाउँदा उत्साहित भएको बताए। 


‘लामो समयपछि राम्रो खेल्न सकेको छु। खुशी लागेको छ,’ उनले भने, ‘यो नर्मल खेल नै थियो। आशिफसँग खेलिरहँदा म रमाइरहेको थिएँ।’

उनले विश्वकप नेपालका लागि ठूलो अवसर भएको र घरेलु मैदानमा खेल्न पाएकाले निकै खुशी लागेको बताए। नेपाल एक खेल अघि नै सेमिफाइनलमा पुगेको छ।

मलेसियालाई पराजित गरेको नेपालले ओमानसँगको खेलअघि नै सेमिफाइनलमा पुगेको हो। अब नेपालले समूह विजेताका लागि ओमानसँग प्रतिस्पर्धा गर्ने छ। यो सँगै सेमिफाइनलको प्रतिस्पर्धी पनि तय हुने छ।

समूह ‘बी’बाट आउने दुई टिमसँग सेमिफाइलमा छनोट भएका टिमले खेल्ने छन्। यो सँगै विजेताको तय हुने छ भने दुई टिम विश्वकपका लागि छनोट हुनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!